नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, ११ : ३३
नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद गुज्रिएको समितिले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई स्पष्टीकरण सोधेको छ । माउ पार्टी नेपाली कांग्रेसले दुजाङ शेर्पा अध्यक्ष रहेको तदर्थ समितिलाई चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

कांग्रेस पदाधिकारी बैठकले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकेमा तदर्थ समिति भङ्ग गर्ने चेतावनी पनि दिएको थियो ।

तर, समितिले महाधिवेशन सम्पन्न गर्न त परैको कुरा भयो सदस्यता वितरण र नवीकरणको कामसमेत सुरु गर्न सकेको छैन । यो समितिबाट महाधिवेशन हुन नसक्ने छाँट देखेको कांग्रेसले समितिको म्याद थपबारे निर्णय गरेको छैन ।

पार्टीले म्याद थप नगरेको तदर्थ समितिका अध्यक्ष शेर्पाले बनाएको अनुशासन समितिका संयोजक परोपकार अधिकारीले केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाह तथा नेताहरू जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायालाई बिहीबार स्पष्टीकरण सोधेको हो ।

काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सङ्गठनले उठाएका उम्मेदवारहरूको पक्षमा काम नगरेको आरोपमा उनीहरूलाई समितिले ४८ घण्टे स्पष्टीकरण समितिले सोधेको हो । उनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै पेस नगरेमा संघको विधान २०२७ को दफा २४९२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

यस्तो छ स्पष्टीकरणपत्र :

nebisangh

 

प्रतिक्रिया दिनुहोस