काठमाडौँ । सहकारी पीडितहरूले काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरूका माग सरकारले सम्बोधन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रविलाई पक्राउ गर्न माग
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन