काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै निजी मेडिकल कलेजका आवासीय डाक्टरहरूले बुधबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
त्यस्तै आवासीय डाक्टरहरूले आयोगले आठौँ तहको तलब संरचना पारित गरेको दुई महिना बढी हुँदा पनि मेडिकल कलेजहरूले निर्देशनको पालना गरेकाले आन्दोलनमा उत्रनुपरेको जनाएका छन् ।
उनीहरूले कलेज प्रशासनको योजनाबद्ध बेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरूमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरूले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब