काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ घर भएका काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ घर भएका काठमाडौं महानगरपालिका-३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल रहेका छन् ।
खड्काले यूके पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा खड्कालाई शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका-८ बाट र पोखरेललाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ