काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्न लागेको हो ।
राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
प्रदर्शनको पूर्व तयारीका लागि सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको थियो ।
गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिएको छ ।
यस्तै, राप्रपाले देश बनाउने र बचाउने अभियानमा सबैलाई पार्टीको झण्डासहित प्रर्दशनमा सहभागी हुन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज