काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । उनी आइतबार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनीबाट ८ किलो ८५५ ग्राम लागु औषध बरामद भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु