काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । उनी आइतबार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनीबाट ८ किलो ८५५ ग्राम लागु औषध बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद