काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ ।
बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।
आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग