काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ ।
बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।
आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज