रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा गएको २४ घण्टामा कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ । रातभरि मात्रै २४ जनाको मृत्यु भएको बताइएको छ । ड्रोन आक्रमणमा परेर एक पिता र पुत्री मारिएका थिए । दक्षिण पट्टीमा विस्थापितहरू बस्ने त्रिपालमा ड्रोन लाग्दा कम्तीमा ६ जना मारिएको बताइएको छ ।
आइतबार बिहानयता मात्रै ११ जना मारिएका छन् । मर्नेमा ९ जना खान युनिस क्षेत्रका भएको पुष्टि भएको छ । आक्रमणमा यहाँको एउटा आवासीय भवन र विस्थापितहरू बस्ने त्रिपाल ध्वस्त भएको थियो ।
उद्धारकर्मीहरूले भवनको भग्नावशेषमा पुरिएकाहरूलाई खोजिरहेका छन् । हालैका दिनमा इजरायलले गाजामाथि आक्रमण तीव्र पारेको छ। दिनहुँ जसो मानिसहरू मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ चैत्र २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद