काठमाडौं । नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो लगाएको घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले माफी मागेको छ । राप्रपाको नेपालगन्ज नगर कार्य समितिले एक वक्तव्य जारी गर्दै उक्त घटनालाई ‘भवितव्य’ दाबी गरेको हो ।
शनिबार नगर कार्य समितिको आह्वानमा नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस निकालेको थियो । आफ्ना नेताको रिहाइको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको र अञ्जानवश उक्त घटना भएको नगर कार्य समितिका अध्यक्ष हुकुमसिंह केसीले जारी गरेको वक्तव्यमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ चैत्र २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त