काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडकमा दबाब सृजना गरेको छ।
काठमाडौं जिल्ला समितिको आयोजनामा शुक्रबार राप्रपाले काठमाडौंमा दबाब कार्यक्रम गरेको हो । पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा लगायतको रिहाइको माग गर्दै राप्रपाले काठमाडौंको सुन्धारामा विरोध र्याली निकालेको हो ।
राप्रपाले तीनकुने घटनामा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताको रिहाइको माग गरेको छ । ‘झुटा मुद्दा खारेज गर, निष्पक्ष न्यायिक आयोग गठन गर’ लगायतका नारा लेखिएको ब्यानर लिएर राप्रपा वरिष्ठ नेता पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी लगायतका नेता प्रदर्शनमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग