काठमाडौँ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
कटारी नगरपालिका–४ खानेपानी ट्याङ्की नजिकबाट ३५.८५० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित सोही नगरपालिका–५ का २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २(०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिइएको हो ।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ