काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। शनिबार अपराह्न ३ बजे धुम्बाराहीमा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको उनले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो।
उक्त प्रदर्शनमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पनि सहभागी थिए। मिश्र र राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो।
मिश्र र राणा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' मा पनि सरिक छन्। प्रसाईंले तीनकुनेमा गरेको कार्यक्रमलाई राप्रपालगायत राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएका दलहरूले पनि समर्थन जनाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त