काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका छन् । उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको बताए ।
बिहीबार काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने बताए ।
‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ । पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ । कुनै छलछाम हुनेछैन’, देउवाको भनाइ छ ।सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा देउवाको जोड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा