काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको नि:शुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य मन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको क्यान्सरसम्बन्धी उपचार नि:शुल्क गर्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए। उनले यहाँ आउने आर्थिक अवस्था कमजोर भएका कोही पनि बालबालिका उपचारबाट वञ्चित हुनुनपर्ने बताए ।
मन्त्रालयले केन्द्रलाई ५०० बालबालिकाको शल्यक्रियासहित मुटुको उपचारका लागि प्रतिबालबालिका रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
चालु आर्थिक वर्षको पुससम्म ४८० बालबालिकाले केन्द्रबाट नि:शुल्क मुटुको शल्यक्रियासहित उपचार सेवा पाएका केन्द्रका कार्यकारी निर्देशक मल्लले जानकारी दिए।
आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भनेर थप आर्थिक स्रोतको व्यवस्थापन गर्न थालिएको उनले बताए । उनका अनुसार नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन