काठमाडौँ। नेपाली काँग्रेसले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।विभागमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख छिन् ।
मनोनीत सदस्यहरूमा ई. उज्ज्वल कोइराला (ताप्लेजुङ), ई. प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजंग शाह (बाँके), डा. निरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलीप कार्की (कञ्चनपुर) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?