काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ ५:३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
एक मन्त्रीका अनुसार यो बैठक नियमित भए पनि प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटपछि बस्न लागेको हुँदा विशेष निर्णय हुनसक्ने अनुमान गरिएको छ।
मन्त्रिपरिषद् बैठकअघि तीन प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरवारमा दिउँसो ४ बजे भेटवार्ता तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सो भेटमा संक्रमणकालीन न्यायलगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठक जारी
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय
यी हुन मन्त्रिपरिषद्का ११ वटा निर्णय (सूचीसहित)
जेठ १५ र १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)