काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ कमलडाँडा बस्ने १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरकै हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय विशाल लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यता कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढा र सोही उपमहानगरपालिका–५ हसनपुर बस्ने २६ वर्षीय विराट रावल रहेका छन् ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१० पहेलपार गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर वली र सोही उपमहानगरपालिका(१२ बस्ने रोल्पा परिवर्तन गाउँपालिका–३ बागमारा ताईवाङ ठेगाना भएका २८ वर्षीय करण बुढा मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
बाँकेको जानकी गाउँपालिका–५ बुडियागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९ ग्राम ६० मिलिग्राम र नगद ४२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ६६ वर्षीय रम्मन खानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको भे।६ प ३३०७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
मोरङ, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका–१० बस्ने २३ वर्षीय गणेश दाहाल, २७ वर्षीय सुमन कोइराला, २९ वर्षीय डिकेश कार्की र २६ वर्षीय यज्ञ राम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङतानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–४ बस्ने २७ वर्षीय रन्जित चौधरी र ३४ वर्षीय कालुराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे।१० प ८०३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–५ विलाउनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ मोतिगडा बस्ने ३७ वर्षीय रोहित चौधरी र ३१ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र।२–०१–००२ प ७८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै सिराहाको लहान नगरपालिका–१९ कटहा कालाबन्जरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र नाइट्राजेपाम ३ सय ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी गाउँपालिका–२ बस्ने २१ वर्षीय अमरेश कुमार यादव, लहान नगरपालिका–२० बस्ने २३ वर्षीय पंकज शर्मा र सोही नगरपालिका(१ बस्ने १९ वर्षीय राजिव कुमार दास रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले छरापटी चोकबाट कालाबन्जरतर्फ आउँदै गरेको स।६ प ११४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ