काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।
वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो ।
राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र फागुन २५ गते पोखराबाट काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू देशैभर अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग