झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गङ्गा बहादुर बस्नेत छन् । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए