काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकार थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने बताएका छन् ।
आज नवलपरासीमा नेपाली काँग्रेसद्वारा आयोजित पार्टीको प्रथम क्षेत्रिय सम्मेलनमा सम्बोधन गर्दै थापाले संघीय सरकारले उचित रूपमा समन्वयकारी भूमिका निर्वाह गरी प्रदेश सरकारले जनमैत्री काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा बोल्दै थापाले अबको आवश्यकता देशको आर्थिक संवृद्धि रहेकोले यसका लागी सबै दल मिलेर देशको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । २०४८ साल देखी हालसम्म आउँदा देशको विभिन्न विकास निमार्णको कामको नेतृत्व काँग्रेसले गरेको दाबी गरे ।
देशमा अब रोजगारी सृजना गर्ने मुख्य चुनौतीको विषय रहेको सबै मिलेर देशमा नयाँ आर्थिक क्रान्तिसँगै रोजगारी सृजनामा जोड दिनुपर्ने बताए । सो अवसरमा बोल्दै थापाले राजनीतिक दलहरूले आम नागरिकलाई साथ लिएर अगाडी बढ्नुको विकल्प नरहेको दाबी गरे ।
राजनीतिक दलहरू प्रति देखिएको निराशा जनक अवस्थालाई मध्यनजर गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको सरकारले जनमैत्री र जनता भरोसा दिलाउने तरीकाले काम गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी