काठमाडौँ । नेपाली काँग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा काँग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रूपमा सार्वजनिक गर्ने तयारी गरिहरेको सोमबार जानकारी गराए ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले काँग्रेसले विगतमा गरेका कार्यहरू जनतालाई जानकारी गराउन पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको बताए ।
विसं २०१५ र २०४८ सालमा काँग्रेस नेतृत्वमा भएका कार्यहरू पनि पुस्तकमा समावेश हुने खड्काले जानकारी गराए । सबै अभिलेख खोजी गरेर पुस्तकको तयारी भएको उनको भनाइ छ ।
‘प्रतिष्ठानले पुस्तकको तयारीको काम अघि बढाएको छ । हामीले गरेका कामहरूलाई गाउँ गाउँमा बस्ती बस्तीमा पुर्याउँछौँ,’ खड्काले भने । काँग्रेसले गरेका परिवर्तनका कामहरू सबै सामू पुग्नुपर्ने खड्काले बताए ।
प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणको क्रममा भैरहवामा बोल्दै खड्काले समस्या समाधान काँग्रेसले गर्न सक्ने भरोसा दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?