काठमाडौं । पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका–५ पथरी घर भई ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका–५ कमदी घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन् ।
पक्राउ परेकामध्ये भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतिलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
ठगी अभियोगमा ६ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
कोरिया पठाउने बहनामा ठगी गरेको आरोप
ठगी गिरोहमा संलग्न चार जना पक्राउ