बुटवल । रुपन्देहीमा एक युवाको हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
मृतक घरमा एक्लै बस्ने गरेको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मूल समारोहमा राष्ट्रपति पनि सहभागी हुने