काठमाडौँ । महाशिवरात्रीमा पशुपति दर्शन गर्न भएकाहरुको मोबाइल चोरीमा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ घर भएका ३४ वर्षीय अभिषेक गुरुङ छन् ।
उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । आरोपीहरुको साथबाट प्रहरीले १० थान मोबाइल बरामद गरेको छ ।
आरोपीहरु बिरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ