काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन ।
शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन । अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमा “शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात् गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता थप सुदृढ गर्न महत्वपूर्ण प्रेरणा मिल्ने विश्वास लिएको छु,” लेखेका छन ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ फागुन २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’