बर्दिया । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बाँसगढी नगरपालिका–५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपैयाँ, मोबाईल ७ थान र ३ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ