काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ