बुटवल । रुपन्देहीमा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका– १० चौराहाबाट अवैध लागु औषधसहित नवलपरासी प्रतापपुर गाउँपालिका गोपीगन्ज निवासी २८ वर्षीय मनिराम चमारलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले लु १५ प २७९३ नं को मोटरसाइकल चेक जाँचका क्रममा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।
उनको साथबाट फेनरागन १ हजार एमपुल, डाईजेपाम १ हजार एमपुल, नुफिन १ हजार एमपुल र लु ९५ प २७८३ नं को मोटरसाइकल एक थान बरामद भएको प्रहरीको भनाई छ । उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ