बुटवल । रुपन्देहीमा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका– १० चौराहाबाट अवैध लागु औषधसहित नवलपरासी प्रतापपुर गाउँपालिका गोपीगन्ज निवासी २८ वर्षीय मनिराम चमारलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले लु १५ प २७९३ नं को मोटरसाइकल चेक जाँचका क्रममा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।
उनको साथबाट फेनरागन १ हजार एमपुल, डाईजेपाम १ हजार एमपुल, नुफिन १ हजार एमपुल र लु ९५ प २७८३ नं को मोटरसाइकल एक थान बरामद भएको प्रहरीको भनाई छ । उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ