काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए । उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।
पक्राउ पर्नेहरु सबै पुरुष हुन् । स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ