काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने, थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ,’ प्रचण्डले अघि भने, ‘फेरि पनि त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ ।’
पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे । ‘यसलाई बल प्रयोगद्वारा हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर भावनाको मुद्दालाई इतिहास र पौराणिकताको विषयलाई हल गर्न खोज्यो भने त्यो दुर्भाग्य हुन्छ भनेको थिएँ,’ प्रचण्डले भने, ‘एउटा खबरदारी सभामा बल प्रयोग नगर्नू, यसलाई समझदारीको माध्यमबाट विन विनको बाटो खोज्नुपर्छ । सबैलाई मान्य हुने समझदारीको बाटो खोज्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’