काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिएका छन् ।मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताए ।
उनले भने, ‘केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत रूपले जनतामा जाने गरेका हौँ । तपाईँहरूले यहाँ नेताहरूको टीम देख्नुभएको छ । यहाँ कसैको पनि विमति र मतभेद छैन । हामी जनताको तागतको बलमा सत्ताको नेतृत्व लिने संकल्प गरेका छौँ । कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै उनीहरूलाई फाइदा मात्रै भयो । त्यो भूल अब हामी गर्दैनौँ ।’
उनले अहिले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’