काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिएका छन् ।मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताए ।
उनले भने, ‘केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत रूपले जनतामा जाने गरेका हौँ । तपाईँहरूले यहाँ नेताहरूको टीम देख्नुभएको छ । यहाँ कसैको पनि विमति र मतभेद छैन । हामी जनताको तागतको बलमा सत्ताको नेतृत्व लिने संकल्प गरेका छौँ । कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै उनीहरूलाई फाइदा मात्रै भयो । त्यो भूल अब हामी गर्दैनौँ ।’
उनले अहिले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो पार्टीमा मात्रै सबैले खुला रूपमा कुरा राख्न पाउँछन्: प्रचण्ड
रुपन्देहीमा एक्लै लडेर राम्रो नतिजा ल्याउँछौ: प्रचण्ड
प्रचण्ड आज रुपन्देही जादै, के–के छन् कार्यक्रम ?
थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो : प्रचण्ड
लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रैसम्भव भएको हो : अध्यक्ष प्रचण्ड
विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ: प्रचण्ड