काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगन थापामा पछिल्लो दिन धार्मिक मोह देखिन थालेको छ ।
उनले पछिल्ला दुई महिना यता मात्रै सूदुरपश्चिमका धार्मिक स्थलहरु, पोखराको बिन्दाबासिनी मन्दिर देखि भारतको उत्तरप्रदेशको तीर्थराज प्रयागस्थित त्रिवेणी संगमसम्मको धार्मिक भ्रमणहरु सकेका छन् ।
उनी मात्रै होइन, उनको परिवार नै यस्ता धार्मिक भ्रमणमा निस्कन थालेका छन् । जसलाई महामन्त्री थापाले आफै महत्व दिएर सामाजिक सन्जालमा समेत सार्वजनिक गरिरहेका छन् । कांग्रेसभित्र हिन्दु राष्ट्रको माग उठिरहेका बेला र पार्टीको आगामी महाधिवेशनबाट सभापतिको आकांक्षा थापाले देखाईरहेका बेला उनको पछिल्लो समय बढ्न थालेको धार्मिक भ्रमणलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।
हुन त मठ मन्दिर जाने, पूजा पाठ गर्ने कामलाई कांग्रेसभित्र सामान्य नै मानिन्छन् । आफुलाई नास्तिक बताउने कम्युनिष्टहरुले त यस्ता धार्मिक कामलाई प्राथमिकतामा राखिरहेका बेला कांग्रेस नेताहरुको धर्म, पूजापाठतिरको आकर्षणलाई अन्यथा लिन सकिन्न । तर पनि कुन समयमा कुन नेताले कसरी धार्मिक भ्रमण गरिरहेका छन् ? र, त्यसले के संकेत गरिरहेको हुन्छ ? भन्ने कुराले धर्म–राजनीतिमा अर्थ राख्ने गर्दछ ।
कांग्रेस महामन्त्रीको पछिल्लो दुई महिनायताका धार्मिक भ्रमणहरुले पनि केही सांकेतिक राजनीतिक अर्थ बोकेको विश्लेषण कांग्रेसभित्र हुन थालेको छ ।
महामन्त्री थापा कांग्रेसको अवको महाधिवेशनबाट पार्टी सभापति हत्याउने योजनामा छन् । त्यसका लागि उनले कांग्रेसभित्र मात्र ‘होमवर्क’ अगाडी बढाएका छैनन, कांग्रेससँगको सम्वन्ध कायम राखिरहेका भाइचारा संघ÷संगठन देखि छिमेकी मुलुकहरुमा समेत आफ्नो प्रभाव र उपस्थिती देखाउन थालेका छन् । महामन्त्री थापाको पछिल्लो दुई महिना यताका धार्मिक भ्रमणलाई पनि कँही न कँही धार्मिक राजनीतिसँग जोडेर हेरिनुपर्ने विश्लेषण हुन थालेका छ ।
उनले आफुलाई धार्मिक समेत रहेको भन्दै प्रचारित गर्न पनि मठमन्दिरको दर्शन गर्न थालेको कांग्रेसभित्रै अहिले चर्चा छ । थापाले अंगेजी वर्ष सन् २०२५ सुरु भएयता मात्रै पनि धेरै स्थानमा धार्मिक भ्रमण गरिसकेका छन् । पार्टी कामको सिलसिलामा देशका विभिन्न जिल्ला पुग्दा समेत उनले त्यस क्षेत्रको धार्मिक मठ मन्दिर सकभर पुग्ने र दर्शन गर्ने काम सुरु गरेका छन् । त्यस अतिरिक्त कार्यक्रम नै बनाएर परिवारका साथ पनि मन्दिर पुग्ने काममा महामन्त्री थापा सक्रिय देखिएका छन् ।
उनले सूदुरपश्चिम प्रदेशको बढीमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारा, उदयदेव मन्दिर देखि खप्तड त्रिवेणी लगायतको धार्मिक स्थलहरुको भ्रमण परिवारका साथ गरेका छन् ।
पछिल्ला दिनमा उनले त्यस खालको भ्रमणको तस्विरहरुलाई आफैले सामाजिक सन्जालमा महत्व दिएर सार्वजनिक गरेका छन् । यस अतिरिक्त पनि उनी कांगेसका प्रभावशाली नेता ससुराबा अर्जुननरसिंह केसीलाई समेत साथ लिएर महाकुभ्भको अवसर पारेर भारतको उत्तरप्रदेशको तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरसस्वतीको त्रिवेणी संगममा स्नान गर्न पुगेका छन् । त्यस्तै महामन्त्री थापाले पोखराको बिन्दाबासिनी मन्दिरमा पुगेर पूजा पनि गरेका छन् ।
‘यो गगनको आफु धार्मिक पनि रहेको सन्देश राजनीतिलाई हो,’ कांग्रेसभित्रकै विश्लेषकहरु भन्छन्, ‘यसको वहुआयामिक अर्थ छ । यो दक्षिणी छिमेकीसम्मले आफुलाई हेर्ने दृष्टिकोणमा बदलाभ ल्याउन गरिएका धार्मिक भ्रमणहरु हुन् भन्ने देखिन्छ ।’
कहिले कहाँ पुगे ?
फागुन ५ : महामन्त्री थापा महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्न पुगे । त्यहाँ स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भएको थापाले बताएका छन् । परिवारसहित त्यहाँ पुगेका थापाले परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही तस्विरहरु आफै सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।
माघ २६ : महामन्त्री थापा श्रीमती डा अन्जना केसी थापालाई साथ लिएर सूदुरपश्चिमका धार्मिक पर्यटनस्थल देखि मठमन्दिरसम्मको दर्शन गर्न पुगे । उनले सूपको बडीमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, उग्रतारा, उदयदेव मन्दिर र खप्तड त्रिवेणी लगायत सुदूरपश्चिमका धार्मिक स्थलहरूको भ्रमण गर्नेरे । यी मठमन्दिर देखि धार्मिक स्थलको भ्रमणपछि उनले नेपाल साँच्चै नै अद्भुत र सुन्दर रहेको प्रतिक्रिया दिएका छन् ।
माघ २३ : महामन्त्री थापाले पोखराको बिन्दाबासिनी मन्दिरमा पुगेर दर्शन गरे, पुजा आजा गरे । आफैले त्यस भ्रमण र पूजा गर्दाका भिडियो बनाई सामाजिक सन्जालमा समेत सार्वजनिक गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी