काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारदेखि सडक केन्द्रित प्रदर्शन गर्न लागेको छ । पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्याली हुनेछ । त्यसपछि फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगन्ज र २६ गते सुर्खेतमा र्याली निकाल्न लागिएको छ ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्यको माग राखेर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
पहिलो दिन मंगलबार धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राष्ट्रिय झण्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरुको सहभागिता रहने बताइएको छ ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अतरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रुपमा सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्याली आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा