काठमाडौ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई साथमा लिएर उक्त अभियान झापाको कचनकवलबाट शुभारम्भ गर्न लागेका हुन्।
त्यसका लागि उनीहरू आइतबारै झापा पुगिसकेका छन्।अभियान सुरु गर्नुअघि आज सोमबार बिहान प्रचण्डले जनार्दन र वर्षमानलाई दायाँबायाँ लगाएर मर्निङवाक गरेका छन्।
प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरेको थियो।
मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान र जनार्दनलाई दायाबायाँ राखेको तस्बिर सार्वजनिक भएको छ। जहाँ शक्ति बस्नेत, अग्नि सापकोटालगायतका नेताहरू पनि देखिन्छन्।
दलाल, बिचौलिया तथा भ्रष्टाचारी संरक्षण गर्ने, अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको विरोध गर्न उक्त अभियान थालिएको माओवादी केन्द्रले जनाएको छ।
सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानलगायत अन्य धेरै विषय सम्बोधनका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’