एजेन्सी । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना सवार विमान अवतरणका क्रममा पल्टिएको छ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय सोमबार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको हो।
चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमा एक बालक र दुई वयस्क छन्।
एफएएका अनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन।
क्यानडाकी यातायात मन्त्रीले यो 'गम्भीर घटना'मा नजर राखेको बताइन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ फागुन २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु