एजेन्सी । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना सवार विमान अवतरणका क्रममा पल्टिएको छ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय सोमबार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको हो।
चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमा एक बालक र दुई वयस्क छन्।
एफएएका अनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन।
क्यानडाकी यातायात मन्त्रीले यो 'गम्भीर घटना'मा नजर राखेको बताइन्।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ फागुन २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....