एजेन्सी । वैकल्पिक खेलाडी माइकल मेरिनोले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा आर्सनलले लिसेस्टर सिटीलाई २-० ले हराएको छ।
खेलके ८१ औँ मिनेटमा मेरिनोको दोस्रो गोलका लागि भने १७ वर्षीय प्रभावशाली खेलाडी एथल ऐनवारिले अवसर सिर्जना गरेका थिए। यसअघि उनको दुई पटकको प्रहार क्रस बारमा लागेर फर्केको थियो।
त्यसैगरी गएराति भएको अर्को खेलमा नटिङघम फरेस्ट फुलहामसँग २–१ ले पराजित भयो। बोर्नमाउथले साउथ हामटनलाई ३-१ ले हरायो। इप्सविच र अस्टन भिल्लाको खेल १-१ गोलको बराबरीमा सकियो। ब्रेन्टफोर्डले वेस्टहामलाई १-० ले हरायो।
प्रिमियरसिपको तालिकामा लिभरपुल ५७ अङ्कसहित शीर्ष स्थानमा छ भने आर्सनलको ५३ अङ्क छ। पराजयका बाबजुद फरेस्ट ४७ अङ्क सहित तेस्रो स्थानमा छ। म्यानचेस्टर सिटीको ४४ तथा बोर्नमाउथ र चेल्सीको ४३ अङ्क छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ फागुन २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा
युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा