काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो ।नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार व्यक्ति त्रिशूलीमा खसेको थियो ।
डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली– काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति
चितवनमा त्रिशूलीको किनारमा खस्यो ट्रक
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्यो
त्रिशूलीमा ट्रक खस्यो
२ वटा एक्साभेटर र ३ वटा टिपर त्रिशूलीले बगायो