काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका बारेमा १९ बुँदे धारणा सार्वजनिक गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको बताए ।
उनले भने, ‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो ।’
पाथीभरा क्षेत्र विकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको बताएका छन् ।
उनले भने, ‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किनेखालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने
पाथीभरामा केबलकार निर्माणमा अवरोध, प्रहरी र आन्दोलनकारीबीच झडप
पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
चन्द्रागिरि केबलकारमा अड्किएका सबैको उद्धार