धनगढी । ड्युटीमा रहेका बेला आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका थिए ।
कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए ।घटनालगत्तै विष्टलाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि अस्पतालले धनगढी रेफर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीका अनुसार बिहीबार साँझ साढे ८ बजेतिर ड्युटीका रहेकै बेला बिष्टले आफूले बोकिरहेको एसएलआर राइफलबाट आफूमाथि गोली प्रहार गरेका थिए । डिएसपी जोशीका अनुसार बिष्ट हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँलाई गाेली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु