काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले आर्थिक वर्ष २०८०/८१ को ६ महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आइतबार बसेको बैठकले संविधानको धारा ४३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष सकिएको ६ महिनासम्म पनि सरकारले आव २०८०/८१ को प्रतिवेदन सार्वजनिक नगरेको भन्दै ध्यानाकर्षण गराएको हो ।
सांसद हितराज पाण्डेले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनबारे कानूनमा के व्यवस्था छ त्यसबारे समिति सबैभन्दा पहिले जानकार हुनुपर्नेमा जोड दिए । सांसद दिलेन्द्र बडूले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानुन निर्माण भए र निर्माण हुन बाँकी कानुनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए ।
सांसद सन्तोष परियारले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री नै सहभागी हुनुपर्ने बताए । छलफलमा सहभागी मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित गराउनेबारे समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
सरकारी टोलीले गर्यो जेन जेड आन्दोलनका क्रममा आगजनी भएको काँग्रेस पार्टी कार्यालयको अनुगमन
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै
वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के