काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो योजना अगाडि सारेका हुन् ।
प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हरेक समितिले आगामी ६ महिनाभित्र कम्तिमा संगठित सदस्यता ५ प्रतिशत र आम सदस्यता १० प्रतिशत वृद्धि गर्ने गरी अभियानात्मक कार्यक्रम संचालन गर्नुपर्छ ।’
नयाँ पार्टी सदस्यता वितरण कार्य नियमित कार्य र हरेक पार्टी सदस्यले यसलाई महत्वपूर्ण कार्यसूची बनाउनुपर्ने पनि भनिएको छ । आगामी ९ महिनाभित्र सबै सदस्यको विवरण अनलाइन डिजिटल माध्यममा ल्याइसक्ने पनि कार्ययोजना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने