काठमाडौं। ३०३औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू समेत ऱ्यालीमा सहभागी हुनेछन् ।
विभिन्न भेषभुषा र झॅाकीसहित हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ ।
सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान