काठमाडौ । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, 'बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'
पक्राउ परेका गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ