काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीहरूको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । देशभरका ७५३ वटै पालिकालाई पत्राचार गर्दै पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन भनेको हो ।
केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीहरूको विवरण अद्यावधिक गराउनुपर्ने केन्द्रले जनाएको छ । यसअघि गत असार २४ गते सूचना जारी गर्दै साउन ७ गतेभित्र विवरण अध्यावधिक गराउन भनेको थियो ।
सो अवधिमा कक्षा ११ र १२ को भर्ना प्रक्रिया सम्पन्न नभएका कारण उक्त कक्षाका विद्यार्थीहरूको विवरण अद्यावधिक हुन सकेको थिएन । त्यसका लागि समय थप गर्न विद्यालय एवं स्थानीय तहले अनुरोध गरेका थिए ।
विवरण अद्यावधिक गराउँदा ट्रान्सफर गर्न बाँकी विद्यार्थीलाई प्रणालीमार्फत विद्यार्थीको रेकर्ड मेनुको विद्यार्थी ट्रान्सफरबाट स्थानान्तरण भएको विद्यालयमा स्थानान्तरण गर्न भनेको छ ।
वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका, बिचमा विद्यालय छोडी भर्ना हुन आएका, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरण विद्यालयमा प्रविष्ट गर्ने कार्यमा सहजीकरण गर्न समेत भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा