एजेन्सी । ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको छ।
सीएनएनका अनुसार विमान खसेको क्षेत्रमा १७ जना घाइते भएका छन्।
ब्राजिलको नेसनल सिभिल डिफेन्सका अनुसार आइतबार बिहान विमान उडेको केही मिनेटमै दुर्घटना भएको हो।
सुरुमा विमान एउटा भवनमा, त्यसपछि एउटा निवासमा र अन्त्यमा फर्निचर स्टोरमा ठोकिएको थियो।
दुर्घटनापछि निस्केको आगोबाट निस्किएको धुवाँका कारण अधिकांशलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।
रियो ग्रान्डेका गभर्नर डो सुल एडुआर्डो लेइटले विमानमा सवार सबै १० जनाको मृत्यु भएको बताए। मृत्यु हुने सबै एउटै परिवारका सदस्य भएको राज्य नागरिक रक्षाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ पुस २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण