काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन्।
बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले विद्युत् महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन्। विद्युत् प्राधिकरणले पनि उद्योगीहरूले उपयोग गरेको विद्युतको बिल उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ।
उनले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राखे। पौडेलले सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट