काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन्।
बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले विद्युत् महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन्। विद्युत् प्राधिकरणले पनि उद्योगीहरूले उपयोग गरेको विद्युतको बिल उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ।
उनले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राखे। पौडेलले सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
निजी क्षेत्रलाई नडराउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग