काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम