रोल्पा। रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर विजय चापागाईँका अनुसार पर्खाल भत्किँदा ५ जना पुरिएको जानकारी आएको थियो । तर अहिलेसम्म चार जनाको शव निकालिएको उनले जानकारी दिए ।इन्सपेक्टर चापागाईँका अनुसार दुई महिला र दुई पुरूषको शव निकालिएको छ।
मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु