रोल्पा। रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर विजय चापागाईँका अनुसार पर्खाल भत्किँदा ५ जना पुरिएको जानकारी आएको थियो । तर अहिलेसम्म चार जनाको शव निकालिएको उनले जानकारी दिए ।इन्सपेक्टर चापागाईँका अनुसार दुई महिला र दुई पुरूषको शव निकालिएको छ।
मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते