काठमाडौँ । मुख्य सिजनमा नै धान तथा चामल आयात भएको पाइएको छ । नेपालमा असोज, कार्तिक, मङ्सिर महिनामा धान भित्र्याउने सिजन हो । तर सरकारी तथ्याङ्कले भने खेतबाट धान भित्र्याउने सिजनमा बाहिर मुलुकबाट ठुलो रकम बराबरको धान आयात भएको देखाएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा ६ अर्ब रुपैयाँ बढी रकमको १ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।गत कार्तिकमा अर्थातमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख करोड रुपैयाँ बराबरको ७४ हजार ३३ मेट्रिक टन धान र चामल आयात भएको थियो ।
एक महिनाको अवधिमा मात्रै २ अर्ब रुपैयाँको धान र चामल आयात भएको छ । सो रकम बराबर चार महिनामा १ लाख १७ हजार मेट्रिक धान तथा चामलको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । सो चामल र धान बराबर ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी
चैते धान बिक्री नहुँदा किसान चिन्तित
धानखेतीको तालिका बदलिँदै, अब जेठमै पाक्छ धान
चैते धान थन्क्याउने चटारोमा किसान
धानको उचित मूल्य नपाउँदा किसान निराश