काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले तोकेको जरिवानाको पत्र इमेलमा पठाइएको छ ।
हिजो महानगर प्रहरीसहितको टोली एमाले मुख्यालयमा पत्र लिएर गएको थियो । कार्यालय सचिवले कार्यक्रमको आयोजना उपत्यकाका ३ जिल्ला कमिटीले गरेकाले केन्द्रीय कार्यालयसँग असम्बन्धित भएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए ।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पार्टी कार्यालयमा पत्र बुझाउन जाँदा नबुझेकाले इमेलमार्फत पत्र पठाइएको नेपाल प्रेससँग बताए ।
उनले भने, ‘सुरूमा नगर प्रहरीले भौतिक रूपमा नै गएर पत्र बुझाउन खोजेको थियो । पत्र बुझ्न नममानेपछि महानगरपालिकाको नगर प्रहरी बलको आधिकारिक इमेलबाट नेकपा (एमाले) पार्टीको आधिकारिक इमेलमा पठाइएको छ ।’
त्यसो भए जरिवान तिराएकै छोड्न खोजेको हो महानगरपालिकाले भन्ने प्रश्नमा उनले भने, ‘जरिवाना गरिसकेपछि नतिर्ने भन्ने त सवाल नै भएन नि !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति